नेपालका लागि चिनियाँ र भारतीय राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
स्रोतका अनुसार बिहीबार अपरान्ह फरक फरक समयमा होउ यान्छी चिनियाँ राजदूत र विनयमोहन क्वात्रा भारतीय राजदूतले भेट गरेका हुन्।
बुढानिलकण्ठ देउवा निवास पुगेर उनीहरूले भेटवार्ता गरे पनि के कुराकानी भयो भन्नेबारे खुलेको छैन।
देउवा निवासमा बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सकिएलगत्तै राजदूतहरूले फरक-फरक समयमा देउवालाई भेटेर कुराकानी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन्।
सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण रहेको छ