नेपाली महिला राष्ट्रिय फुटबल टोलिले गर्याे प्रशिक्षक नियुक्त

नेपाली महिला राष्ट्रिय फुटबल टोलिले प्रशिक्षक नियुक्त गरेको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो ।

नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद साग पछि महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । खड्का हाल एन्फाको महिला फुटबल विभाग प्रमुख हुनुहुन्छ

यस्तै एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एशियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण
शुरु गर्ने जनाएको छ ।

एन्फाले गत माघ ७ देखि फागुन ७ गतेसम्म पहिलो पटक महिला फुटबलको डबल राउण्ड रोविन लिग आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गर्ने एन्फाले जनाएको छ ।