इसाई परम्पराअनुसार अन्जु र थीरले गरे विवाह

काठमाडाैं – गायिका अन्जु पन्तले प्रेमी थीर कोइरालासँग विवाह गरेकी छन्। ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। बुधबार काठमाडौंको एक चर्चमा पुगेर उनीहरुले विवाह गरेका थिए। उनीहरु दुबै इसाई धर्मावलम्बी भएका कारण सोही परम्पराअनुसार विवाह गरेका हुन्।

अन्जु र थीरको केही समय अगाडि मात्र प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। उनीहरूले तत्काल विवाह नगर्ने बताउँदै आएका थिए।