कोरोना पुष्टी भएका ४७ दिनको शिशुको मृत्यु

कोभिड १९ पोजेटीभ देखीएका ४७ दिनका शिशुको त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा जन्मीएको शिशुको जन्मदै श्वास नलिमा समस्या अएपछि अस्पतालमै राखेर उपचार भइरहेको थियो । श्वास नलि खुलाउन सोमवार शल्यक्रिया गरीएको थियो । शल्यक्रिया गरीएका ति शिशुको मंगलवार कोभिड १९ पोजेटिभ देखीएको त्रिवी अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा शनतकुमार दासले जानकारी दिए । ‘सोमबार ट्रयाकोस्टोमी (घाटीमा प्वाल पारेर स्वास फेर्न सहज पार्ने) गरीएको थियो, मंगलबार कोभिड १९ पोजेटीभ देखीएको थियो ।’ प्र्राडा दासले भने ‘हिजो(बुधवार) मृत्यु भयो ।’