काठमाडौं – ट्राफिक चेकिङ छलेर भाग्न खोज्दा ललितपुरको जावलाखेलमा सोमबार एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटर चालक अन्दाजी ३३ वर्षीया महिला रहेकी छिन् । उनको परिचय नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
जावलाखेलबाट एकान्त कुनातर्फ जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा अल्का अस्पतालमा मृत्यु भएको हो।
ट्राफिक चेकिङका क्रममा भाग्न खोज्दा बसले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।