पूर्वी मेक्सिकोमा सैनिक विमान खस्दा ६ सैनिकको मृत्यु


एजेन्सी – मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा ६ जना सैनिकको मृत्यु भएको छ।

त्यहाँको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ।

सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरू गरिसकेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *