काठमाडौं—काठमाडौं थप ३१६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा दिइएको जानकारीअनुसार थप जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौँमामात्रै १२ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँमा १२ जना, भक्तपुरमा १ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै, प्रदेश १ मा १२, प्रदेश २ मा ८२, बाग्मती प्रदेशमा मा ४४, गण्डकी प्रदेशमा २५ र प्रदेश ५ मा ४७ जना संक्रमित थपिएका छन् । त्यसैगरी, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा २१ नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आजै ६० जना संक्रमित संक्रमण मुक्त भएर घर फर्कीएका छन् । घर फर्कीनेमा जुम्लाका १, बाँकेका १, सर्लाही १५, सप्तरी १५, पर्सा २, महोत्तरी, ४, झापाका ६, मोरङ्गका १४, पाचथरका १, सुनसरीका जना रहेका छन् ।
ताजा खबर