पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ ।
भट्टराई आइतबार श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डेका साथ दिल्ली पुग्नुभएको हो । उहाँहरू दिल्लीस्थित नेपाली दूतावासमा बस्नुभएको छ।
भट्टराईको सोमबारदेखि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्समा उपचार हुने प्रेस सल्लाहकार पाण्डेले जानकारी दिनुभयाे। सोमबार दिउँसो १;३० बजे वरिष्ठ चिकित्सक विक्रम भाटियाले भट्टराईको परीक्षण गर्नुहुनेछ।
भट्टराईले ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो उपचारकै क्रममा न्युरो–इन्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको थियो ।
नेपालमा त्यो ट्युमर घातक भएरनभएको नखुलेपछि निदानका डा। नीरज जोशीले नै भट्टराईलाई चाँडै दिल्ली जान सुझाएको पाण्डेले बताउनुभयो
यसैबीच भट्टराईले उपचारका लागि दिल्लीमा आउनुपरेकामा आफू लज्जित र दुःखित रहेको बताउनुभएको छ ।
नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा आफू लज्जितरदुःखित भएछु २१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु । सामान्य नागरिकको के होला उहाँले ट्वीट गर्नुभएको थियो