सल्यान-सल्यानको दार्मा गाउँपालिकाले आफ्न केही कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ आए पछि वडाका सबै कामकाज बन्द गरेको छ । गाउँपालिकाका केही कर्मचारीहरुको पिसिआर रिर्पोट पोजेटिभ आएसँगै गाउँपालिकाले सवै वडाका नियमित काम स्थगित गरेको दार्मा गाउपालिका सल्यानले जनाएको छ ।
गत असार ८ गते संकलन गरिएको स्वाबको रिर्पोटमा केही कर्मचारीहरको रिर्पोट पोजेटिभ आएकाले गाउपालिकाको काम काज बन्द गर्नु परेको गाउपालिका अध्यक्ष निम बहादुर केसिले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता वितरण लगायतका सबै वडाका नियमित कामकाज स्थगित गरिएको उनको भनाई छ । साथै सोमबार तय गरिएको गाउँसभाको छलफल समेत स्थगित गरिएको उनको भनाई छ ।
यसका साथै मंगलबार गाउँपालिकामा कार्यरत कर्मचारी, छानिएका स्वयमसेवक, क्वारेटाइनमा रहेका व्यक्ति, कन्ट्याक्ट ट्रेसिङमा देखिएका व्यक्ति र सबै जनप्रतिनिधिहरुको पिसीआरका लागि स्वाब संकलन गरिने उनको भनाई छ ।
उनले सबै जनसमुदायलाई उच्च सतर्कता र उच्च मनोबलका साथ सामाजिक र शारिरिक दुरी कायम गरी नियमित कामकाज गर्न आग्रह समेत गरेका छन् ।
सबै जनसमुदाय उच्च सतर्कता र उचो मनोबलसहित सामाजिकरशारीरिक दूरी कायम राखेर नियमित कामकाजमा रहन विशेष अनुरोध गर्दछु उनले भने ।
ताजा खबर