अमेरिका, क्यानडा र मेक्सिकोमा मार्च २१ सम्म लकडाउन

काठमाडौं – विभिन्न मुलुकमा कोभिडविरुद्धको खोप लगाइरहेका बेला पश्चिमा राष्ट्रमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। संक्रमण दर बढेसँगै अमेरिका,क्यानडा र मेक्सिकोमा २१ मार्च सम्म लकडाउन हुने भएको छ।

त्यहाँका मानिसहरुले आवश्यक कामबाहेक बाहिर निस्कन नपाउने भएका छन्। यसअघि फेब्रुअरी २१ सम्म लकडाउन रहेको थियो।

यहीँ समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई सम्ममा सबै अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप लगाइसक्ने बताए। उनले भनेका छन,’ सरकार खोप लगाउने तयारीमा छ।

अमेरिकी खोप कम्पनी फाइजरले भनेको छ,’ प्रत्येक हप्ता एक करोड डोज खोप दिन तयार छ। अमेरिकामा हालसम्म साढे ५ करोड भन्दा बढी मानिसले कोरोनाको खोप लगाइसकेका छन्। दोस्रोमा चीन रहेको छ जहाँ ४ करोड मानिसले लगाइसकेका छन्। युरोपियन युनियनका मुलुकले अढाई करोड र भारतमा करिब डेढ करोड मानिसले खोप लगाइसकेका छन्।

हालसम्म विश्वभर १९ करोडले कोभिड विरुद्धको खोप लगाइसकेका छन्। विश्वभर हालसम्म ११ करोड १२ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ। २४ लाख ६२ हजार संक्रमितको मृत्यु र ८ करोड ६१ लाख मानिस संक्रमणबाट मुक्त भएका छन्। २ लाख २६ हजार संक्रमितले उपचार गराइरहेका छन्।