अस्ट्रेलियन ओपनको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिच प्रवेश गरेका छन्।
साविक च्याम्पियन जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको फाइनल यात्रा तय गर्ने क्रममा अस्लान करातसेभलाई पराजित गरे।
सर्वियन स्टार जोकोभिचले सेमिफाइनल भिड्न्तमा रुसी खेलाडी कारातसेभलाई ६–३,६–४ र ६–२ को सेटमा स्तब्ध बनाए।
जोकोभिच १८ औँ पटक ग्रान्डस्लाम उपाधि जित्ने प्रयासमा छन्। उनी राफेल नाडाल र रोजर फेडेररको नाममा संयुक्त रुपमा रहेको २० उपाधिको विश्व कीर्तिमान बराबरी गर्ने ध्याउनमा रहेका छन्।
जोकोभिचले यसअघि ८ पटक अस्ट्रेलियन ओपनको उपाधि जितिसकेका छन्। अस्ट्रेलियन ओपनमाउनले ८९ खेल खेलेकामा ८१ खेलमा जित निकालेका छन्। अस्ट्रेलियन ओपनमा निकै सफल जोकोभिचले पछिल्ला दुवै संस्करणको उपाधि जितेका छन्।
यस पटक जोकोभिच लेडानियल मेदभेदेव र स्टेफानोस सितसिपासबीच हुने खेलको विजेतासँग उपाधि भिडन्त गर्नेछन्।