कर्णालीका किसानलाई धितो बिना नै ऋण दिइने

सुर्खेत – कर्णालीका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कृषकलाई बिना धितोमा सरकारले ऋण उपलब्ध गराउने बताएका छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहिबार प्राङ्गारिक खेती पर्वद्धन तथा रैथाने बाली संरक्षण दिवस मनाउन आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो उद्घोष गरेका हुन् ।

कर्णालीलाई अर्गानिक बनाउने सरकारको प्रमुख लक्ष्य भएको उनले बताए । अर्गानिक प्रदेश बनाउने सोचका साथ प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु अघि सारेको बताए । भौगोलिक संरचना उपयुक्त भएका कारणले विश्व बजारमा कर्णाली अर्गानिकको भण्डार हो भनेर विश्वास दिलाउन सहज भएको उनको भनाई छ । कृषि पेशामा रमाउने कृषकलाई सहुलियत ऋणको व्यवस्था गरेर अझै कृषकलाई आकषर्ण गराउने उनले बताए ।

त्यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसिले कर्णालीलाई अर्गानिक प्रदेशको पहिचान दिलाउने बताएकी छन् । केहि कृषकहरुले अनुदानको नाममा बेइमान काम गरेता पनि अब त्यस्तो नदोहोरिन दिनका लागी सरकारले सहुलियतमा ऋण दिने भएको उनको भनाई छ । प्रशस्त सम्भावना भएको कर्णालीमा कृषि आन्दोलन गरेर सम्बृद्ध कर्णाली सुखारि कर्णालीबासि भन्ने प्रदेश सरकारको नारालाई सार्थक बनाउने उनले बताईन् ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बिहिबार एक कार्यक्रमको आयोना गरि दिवस मनाईएको हो । दिवसमा सहभागी जुम्लाका कृषक धनकृष्ण पाण्डेले कर्णालीका अर्गानीक बस्तुहरु बजारमा धेरै नै माग भएको बताएका छन् । कर्णालीमा पाईने सिमिको दाल, मार्सिधानको चामल, जौ, फापर, चिनो, कागुनो जस्ता खाद्य बस्तुहरुको बजारमा धेरै नै माग भएको उनको भनाई छ ।

स्थानिय सरकारले आफुहरुलाई व्यसाय गर्नका लागी सहयोग गरेको पनि उनले बताए । सिचाईका लागी केहि मात्रामा समस्या भएता पनि अन्य बजारीकरणका लागी सहज भएको उनले बताए । सरकारले अर्गानीक प्रदेश बनाउने लक्ष्य नराखेको भए बिकट ठाँउका लोप हुन लागेका बाली नष्ट हुने उनको भनाई छ । अर्गानिक खाद्य वस्तु उत्पादन गरेर बिक्रिबितरण गर्दा राम्रो आम्दानी हुने गरेको उनको अनुभव रहेको छ ।

त्यस्तै अर्की कृषक राज्यलक्ष्मी कठायतले पनि अर्गानिक खाद्य बस्तुबाट राम्रो आम्दानी गरेको बताईन् । ंपहिले आँफुहरुले उत्पादन गरेका बस्तु कसले लग्ला जस्तो लाग्थ्यो अहिले त बजारमा आफहरुले माग अनुसार उपलब्ध गराउन नसकेको उनको भनाई छ ।

सकारले अनुदान जस्ता सेवा उपलब्ध नगराएता पनि बिभिन्न कार्यक्रममा आफुले उत्पादन गरेका बस्तु प्रर्दशन गरिदिएकाले निकै खुशी भएको उनको भनाई छ । घर खर्च चलाउन पनि सहज भएको र अझै यसमा प्रर्वद्धन गर्ने सोचमा रहेको उनले बताईन् ।