के कोभिड भ्याक्सिनको साइड-इफेक्ट देखिनु राम्रो हो ?

हालै विश्वमा नै कोरोना विरुद्ध भ्याक्सिनको खोप अभियान जारी छ। अग्रपंक्तिमा रहेकालाई पहिलो प्राथमिकता दिइदै खोप चरणबद्धरुपमा खोप लगाउने कार्य भैरहेको छ। यसैबीच खोप लगाउने अधिकांश दाताहरुमा यसको साइड-इफेक्ट पनि देखिएका छन्।

केहीमा ठाउँको दुख्ने, घाँटीमा समस्या, थकान, चक्कर आउनु, जोर्नी र मांशपेशी दुख्नु, हल्का ज्वरो आउनु जस्ता सामान्य साइड-इफेक्ट हुन्। सामान्य साइड इफेक्टबाट डराउन नपर्ने स्वास्थ्य विदहरु बताउँछन। उनीहरुको अनुसार सो लक्षणहरुले वास्तबमा खोपले आफ्नो काम गरिरहेको बुझाउँछ। तर कमै व्यक्तिमा भने यसको गम्भीर साइड इफेक्ट पनि देखिएको छ।

इम्पेरीयल कलेज लन्डनद्वारा गरिएको एक अध्ययनमा बेलयातका एक तिहाई जनता भ्याक्सिनको सुरक्षलाई लिएर चिन्तित रहेको देखिएको छ। अक्सफोर्ड भ्याक्सिन ग्रुपले आफ्नो वेबसाइटमा लेखेका छन्, ‘यी लक्षण देख्नुको अर्थ छ। यसले तपाईको इम्युन सिस्टम त्यसरी नै काम गरिरहेको छ जसरी काम गर्नु पर्ने हो भन्ने बुझिन्छ।’ कोरोना खोप लगाउने बितिकै तुरुन्त भाइरस विरुद्ध इम्युन सिस्टमलाई सन्देश दिन सुरु गर्छ।

इम्यून सिस्टम कोशिकाहरु , तन्तु र अंगको जटिल जालो हो। हानिकारक ब्याक्टेरिया वा भाइरसको संक्रमणबाट लड्न एक साथ मिलेर काम गर्ने गर्छन। प्रतिरक्षा प्रणाली भाइरससँग लड्नको लागि एन्टीबडी बनाउँछ। यो एन्टीबडी ले रक्तप्रवाहलाई नियन्त्रित गर्दछ। र टी-कोषिकाको सहायताले यस्तो भाइरसको पहिचान गर्छ जसलाई खतम गर्न सकिन्छ।

यद्यपि प्रतिरक्षा प्रणालीले तबसम्म काम गर्न सक्दैन जबसम्म यसको मेमोरी सेलले यसलाई याद गर्दैन। र यहाँ नै खोपले आफ्नो भूमिका खेल्छ। खोपले प्रतिरक्षा प्रणालीलाई भाइरसको सानो, निष्क्रिय टुक्राहरू वा यसको आनुवंशिक सामग्रीको परिचय दिन्छ। त्यसपछि शरीरमा एन्टिबडी र टी-कक्षहरू बनाउन प्रतिरक्षा प्रणालीले प्रतिक्रिया गर्दछ।

यसैगरी भाइरससँग लड्नको लागि शरीर पूर्ण रूपमा तयार हुने गर्छ। यसमा साइटोकिन्सले पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। युनिभर्सिटी अफ बायोमेडिकल टेक्नोलोजी विशेषज्ञ डाक्टर अलेक्ज्याण्डर एडवर्ड्सले डेली मेलसँगको कुराकानीमा भनेका छन्, ‘आफूलाई राम्रो महशुस नहुनु र भ्याक्सिन प्रति प्रतिरोध प्रतिक्रिया बीचमा वास्तविक सम्बन्ध छ तर तपाई निश्चितरुपले केहि भन्न सक्नुहुन्न।

किनकि सबैको प्रतिरक्षा प्रणाली फरक-फरक हुन्छ। यसको अर्थ भनेको भ्याक्सिनको कुनै प्रभाव महसुस नभए पनि तपाईमा राम्रो असर गर्नसक्छ । -एजेन्सीको सहयोगमा