सुदूरपश्चिममा कोरोना अस्पताल स् डिजायनमै त्रुटी हुँदा निर्माणमा समस्या

धनगढी , सुदूरपश्चिम प्रदेश सरकारले निर्माण थालेको दुई वटा कोरोना अस्पताल ९आईसोलेसन भवन० को स्पष्ट डिजायन इस्टिमेट नहुँदा निर्माणमा अन्योलता देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन निर्माणका लागि डिजायन इस्टिमेट तयार पारेको थियो।

डिजायन–इस्टिमेट स्पष्ट नभएका कारण अहिले निर्माण कम्पनीहरु पनि अन्योलमा परेका हुन्। धनगढीमा बैशाख १ गतेदेखि र महेन्द्रनगरमा ७ गतेदेखि निर्माण सुरु भएको थियो। तर भवन निर्माणको काम सक्न १५ दिन मात्र बाँकी रहँदा पनि निर्माण कम्पनीहरु अन्योलमा छन्। कञ्चनपुरको महाकाली अस्पतालमा आईसोलेसन भवन निर्माणको ९२ लाखमा ठेक्का पाएको दिपेन बिल्डर्स प्रालिका सञ्चालक दिपेन कार्कीले डिजाइन–इस्टिमेटमा द्धुविधा रहेको बताए। उनले भवन निर्माणमा गर्नुपर्ने इट्टाको गुणस्तरका बारेमा केही नलेखिएकाले कमजोरी भएको बताए। ‘भवन निर्माण गर्दा इन्जिनियरसंग समन्वयन गर्नै पर्ने हुन्छ,’ उनले भने, ‘केहि अन्योलता देखिए अहिले पनि समन्वय गर्दैछौ। काम रोकिएको छैन्। दुई दिन वर्षाका कारण मात्र काम रोकिएको हो।’

महेन्द्रनगरमा निर्माण थालिएको प्रि–फ्याव भवनको ३५ प्रतिशत भौतिक प्रगति भएको दावी उनको छ। दिन–रात काम जारी राखिएकाले निश्चिम समयमा काम पूर्ण हुने उनले बताए। धनगढी र महेन्द्रनगरमा आईसोलेसन भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालय मातहतकै शिक्षा समन्वय इकाई कैलालीमा कार्यरत ईन्जिनियर दिनेश बोहराले डिजायन र इस्टिमेट बनाका थिए। तर प्रि–फ्याव भवनको बारेमा स्पष्ट डिजायान र इस्टिमेट छैन्। प्रि–फ्याव भवनमा प्रयोग हुने सामानहरुको बारेमा स्पष्ट उल्लेख भएको छैन्। प्रि–फ्याव भवनमा प्रयोग हुने इट्टा, आलमोनियम, प्रि–फ्याव भवनको जग तथा भवनको उचाई लगायतमा अन्योलता अझै छ।

कञ्चनपुरको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले निर्माणको काम जारी भएपनि अन्योलता रहेको बताए। ‘निर्माण कम्पनीले कम गुणस्तरणको इट्टा प्रयोग गरेको छ। इस्टिमेटमा इट्टाको गुणस्तरका उल्लेख नहुँदा यस्तो समस्या भएको हो।’ उनले भने। महाकाली अस्पतालको हाता भित्र निर्माण थालिएको आइसोलेशन भवन ५० शैयाको हुने छ। आवश्यक शैयाका लागि महाकाली अस्पतालले खरिद प्रक्रिया पनि थालेको श्रेष्ठले जानकारी दिए।

धनगढीमा आईसोलेसन भवन निर्माणका लागि स्वास्थ्य कार्यालय कैलालीले चैत १७ गते ठेक्का आह्वान गरेको थियो। बैशाख १ गते ९४ लाख ६ हजारमा किनारा कन्ट्रक्सनसंग भवन निर्माणको ठेक्का सम्झौता भएको छ। अहिले भवन निर्माणको काम जारी छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार धनगढीको प्रि–फ्याव भवनको ६५ प्रतिशत भौतिक प्रगति भएको छ। उनले तोकिएको समयमा काम सक्नका लागि निर्माण कम्पनीले काम गर्दै आएको बताए।

धनगढीमा निर्माण हुने आइसोलेन भवनमा रंगशालाका शैयाहरु राखिने धामीले बताए। डिजायन इस्टिमेट बनाउने इन्जिनियरकै बुवाले धनगढीमा कोरोना अस्पताल अर्थात आईसोलेसन भवन निर्माणको ठेक्का पाएका थिए। त्यसैले डिजाइनमै त्रुटी भएको आशंका गरिदै आईएको छ। Dinesh khabar bata