अपहरण प्रकरणको उजुरी दिन जसपा पुग्यो सरकारी वकिलको कार्यालय

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणमा उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल ९जसपा० का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका छन् ।

यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ ।

नेताहरु उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायत सरकारी वकिलको कार्यालय पुगेको सो पार्टीका नेता केशव झाले जनाएका छन् ।

उनीहरुसँग अपहरणमा परेका भनिएका डा। यादवपनि बबरमहलस्थित कार्यालय पुगेका छन् ।

सरकारी वकीलको कार्यालयले पनि हालसम्म उजुरी लिएको छैन भने अहिले त्यहाँका अधिकारी र नेताहरुबीच छलफल भइरहेको छ ।

पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा। यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ ।      Ratopati bata