कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

बुधबार प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

विहीबार देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

शुक्रबार प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।