सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेत मा सञ्चालित कर्णाली सहिद बाल गृह मा सनसाइन एकेडमी मा कक्षा आठमा अध्यानरत विद्यार्थी हरुले खाध्यान्न(चामल , दाल , तेल ) सहयोग गरेका छन ।
वसन्त पञ्चमी ( सरस्वती पुजा ) को अवसर पारेर करिब दस हजार बराबरको सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण का क्रममा बिधालय का प्रीन्सिपल महेन्द्र पुन मगर , सस्थापक टेकेन्द्र गिरि साथै विद्यार्थी हरुको सहभागिता थियो ।
सहयोग हस्तान्तरण का क्रममा छात्रा लक्ष्मी न्यौपाने ले आफू जस्तै साना भाइबहिनी लाई सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि सहयोग लाई निरंतरता दिइने बताइन ।
हामीले फजुल खर्च कटाएर प्रीन्सिपल सर लाई भनेका थियौ सर ले सहजीकरण गर्न सहयोग गर्नु भयो र सहयोग हस्तान्तरण गर्न सजिलो भयो । त्यस्तै बालगृह का सञ्चालक ब्यासी तिरुवाले उक्त बाल गृह मा नौ जना अनाथ बालबालिका रहेको जनाउनु भयो ।
अहिले जग्गा लिज मा लिएर बालगृह सञ्चालन गरिरहेको उहाले बताउनु भयो साथै सहयोग गर्न आउने सनसाइन एकेडमीका विद्यार्थी लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगका हात अगाडी बढाउन अपिल गर्नु भयो ।
त्यस्तै बिद्यालय का प्रीन्सिपल महेन्द्र पुन मगर ले बालगृह ले टुहुरा बालबालिका लाई अभिभावक दिएको बताए ।
उनले यस्तो पुण्य सस्थालाइ सबैले सानो सानो भए पनि सहयोग गर्न आग्रह गर्दै बालगृह ले बालबालिकाको नयाँ जीवन दिएको उल्लेख गरे ।
सुर्खेतमा धेरै बाल गृह भए पनि सरोकारवाला को ध्यान नजदा बाल गृह सञ्चालक लाई सास्थी छ ।
आगामी दिनमा अनाथ बालबालिका प्रती प्रदेश सरकार ले विशेष रणनीति ल्याउन जरुरी छ ।