एजेन्सी – भारतले दोस्रो टेस्टमा इङल्यान्डलाई ३ सय १७ रनले हराएको छ । भारतले आफ्नोे ८९ वर्षे इतिहासमा इङल्यान्डविरुद्ध सर्वाधिक रनको अन्तरले खेल जितेर नयाँ इतिहास कायम गरेको हो । यसअघि भारतले इङल्यान्डलाई १९८६ मा लिड्समा २ सय ७९ रनले हराएको थियो । यस जितसँगै भारतले टेस्ट शृंखलामा १–१ को बराबरी गरेको छ । आगामी टेस्ट २४ फेब्रुअरीमा अहमदाबादको मोटेरा स्टेडियममा हुनेछ ।
भारतले पहिलो इनिङग्स्मा ३ सय २९ रन र दोस्रो इनिङग्स्मा २ सय ८६ रन बनाएको थियो । पहिलो इनिङग्स्मा १ सय ३४ रनमा समेटिएको इङल्यान्ड र दोस्रो इनिङ्ग्समा १ सय ६४ रनमै अलआउट भयो । भारतबाट दोस्रो इनिङ्ग्समा अक्षर पटेलले ५ विकेट लिए, डेब्यु टेस्टमा ५ विकेट लिने उनी छैटौं बलर हुन् ।
त्यसैगरी, दोस्रो इनिङ्ग्समा भारतबाट रविचन्द्र अश्विनले ३ र कुलदीप यादवले २ विकेट लिए । इङल्यान्डबाट दोस्रो इनिङग्स्मा मोइन अलीले सबैभन्दा धेरै ४३ रन र कप्तान जो रुटले ३३ रन बनाए । इंलिस टिमका ६ जना ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् ।