काठमाडौं – मोडल अनु पराजुली अभिनित ‘मादी दोभान’ बोलको गीत सार्वजनिक भएको छ।
ईश्वर सिंह र तुलसी घर्ती मगरको आवाजमा रहेको यो गीतमा नायिका तथा मोडल अनु, जीवन सहनी, रविन अधिकारी, र निशल अधिकारीले अभिनय गरेका छन्।
गीत ईश्वर सिंह युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो। रमेश परियारको शब्द संगीत रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन्। गीतको भिडियोको निर्देशन विनोद भण्डारीले गरेका छन्।