भारतले दोस्रो टेस्टमा इङ्ग्ल्यान्डमाथि ३१७ रनको प्रभावशाली जित दर्ता गरेको छ।
रनको हिसाबले यो जित भारतले इङ्ल्याण्डमाथि निकालेको अहिलेसम्मकै सर्वाधिक फराकिलो जित हो। यसअघि भारतले इङ्ल्याण्डलाई १९८६ मा लिड्समा २७९ रनले पराजित गरेको थियो।
भारतका लागि डेब्यू टेस्टमा नै अक्षर पटेलले सनसनीपूर्ण बलिङ गरे। उनले दोस्रो इनिङमा ५ विकेट हात पारे। डेब्युमा नै यो उपलब्धी हासिल गर्ने उनी छैटौं भारतीय बलर बने।
यो जितसँगै सिरीज १-१ को बराबरी भएको छ। अर्को टेस्ट २४ फेब्रुअरीमा अहमदावाद स्थित मोटेरा स्टेडियममा हुनेछ।
इङ्ल्याण्डका लागि दोस्रो इनिङमा मोइन अलीले सर्वाधिक धेरै ४३ रन बनाए। कप्तान जोए रुटले ३३ रनकोइनिङ खले। इंग्लिस टीमका ६ ब्याट्सम्यान दोहोरो अंकको स्कोर बनाउन असफल भए।
भारतका लागि अक्षर बाहेक रविचन्द्र आश्विनले ३ तथा कुलदीप यादवले २ विकेट लिए।
भारतले यसअघि पहिलो इनिङमा ३२९ बनाउँदा इङ्ल्याण्डले १३४ रन बनाएको थियो। जवाफमा भारतले २८६ रन बनाएको थियो।
दोस्रो इनिङमा इङ्ल्याण्ड १६४ रनमा नै समेटियो।