काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।
गएराति भएको खेलमा रियलले भ्यालेन्सियालाई २ शुन्य गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।
भ्यालेन्सियामाथिको जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २३ खेलमा ४९ अंक जोडेको छ ।
तर, रियल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा अझै ५ अंकले पछि रहेको छ ।
भ्यालेन्सिया २४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।ला लिगा अन्तर्गत नै रियल सोसीडाडले गेटाफेलाई १ शुन्यले हराएको छ । एजेन्सी