काठमाडौं – ८७ वटा पोर्न भिडियो सुट गरेर अपलोड गरेको आरोपमा पक्राउ परेकी गहना वरिष्ठमाथि अर्को एउटा आरोप पनि लागेको छ । गहना वरिष्ठ र तीन अन्य व्यक्तिमाथि एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ । यति मात्रै होइन गहना वरिष्ठ र ती तीन व्यक्तिमाथि महिलालाई गलत तरिकाले कैद गरेको आरोप पनि लागेको छ ।
२४ वर्षीया मोडलका अनुसार उनलाई एक भिडियोका लागि तीन पुरुषसँग यौन गतिविधि गर्न बाध्य बनाइएको थियो । स्मरण रहोस्, गहना वशिष्ठलाई पोर्न भिडियो सुट गरेको अपलोड गरेको आरोपमा गत शनिबार मुम्बई प्रहरीले पक्राउ गरेको थियो । यो मामिलामा अन्य एक आरोपी उमेश कामतलाई पनि पक्राउ गरिएको छ ।
स्मरण रहोस्, यो मामिलामा शिल्पा शेट्टीका श्रीमान् र व्यापारी राज कुन्द्राको कम्पनी एमडीमा पनि यस्ता गतिविधिमा समावेश भएको आरोप लागेको थियो । यद्यपि, कुन्द्राको समूहले यसमा कुन्द्रा समावेश नभएको स्पष्ट पारिसकेको छ ।