आज देशभर को मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव रहेको हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बिहान  कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशर लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।

देशका अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।