फिल्म ‘जुनेली’ सार्वजनिक

काठमाडौँ – सर्ट फिल्म ‘जुनेली’ सार्वजनिक भएको छ । थिएटर भिलेजका कलाकार रणदीलिपले कवितलाई लघु फिल्मको रुपमा प्रस्तुत गरेका हुन् ।
दीलिप स्वयंले लेखेको कवितामा प्रेमिकालाई जुनसँग तुलना गरिएको छ । फिल्ममा बियोगान्तक प्रेमकथा देखाइएको छ ।

फिल्ममा रण दीलिपका अलवा देशना थापा मगर, साजन कुमार सुनुवार, सौरभी राजभण्डारी, किरण खतिवडा र आयुष बोहराको समेत अभिनय रहेको छ ।
रणदीलिपकै निर्देशन रहेको फिल्म ‘जुनेली’को छायांकन विजय ताम्राकारले गरेका हुन्, भने सम्पादन रामकृष्ण परियार र विजय ताम्राकारको छ ।