म्युजिक भिडियो ‘तिमी छौ’ सार्वजनिक

काठमाडौंँ – अभिनेता पल शाह र अभिनेत्री कविता रायको रोमान्स रहेको म्युजिक भिडियो ‘तिमी छौ’ सार्वजनिक भएको छ । कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत गायक खत्रिकै रहेको छ । गीतको भिडियो चितवनको रमणिय स्थानहरुमा छायाँकन गरिएको हो ।

हरि हुमागाईको निर्देशन रहेको भिडियोमा छायाँकन उत्तम हुमागाईं तथा सम्पादन हरि हुमनागाईं र रमेश थापाको रहेको छ ।