भोलिदेखि पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हल्का वर्षा र हिमपात हुने

देशभरको मौसम आज समान्यतया सफा रहने छ
मौसम समान्यतया सफा रहने जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेश, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली भएपनि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो।

राति, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो

यस्तै भोलिदेखि भने पश्चिमी वायुको प्रभावले केहि पहाडी भेगमा हल्का वर्षा र हिमपात हुने छ। पश्चिमी वायु प्रवेश गरेपछि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तीन दिनसम्म हल्का बदली भइ थोरै स्थानमा वर्षा र हिमाली भेगमा हिमपात भएपनि केहि दिन अघि जस्तै देशैभर पानी नपर्ने मौसमविद् शाक्यको भनाइ छ।