राजाको लागि नारायणहिटी खाली गर्न माग गर्दै सुर्खेतमा प्रदर्शन

सुर्खेत – सुर्खेतमा वीर गोर्खालीले राजाको लागि नारायणहिटी दरवार खाली गराउन माग गदै प्रदर्शन गरेका छन् । उनीहरुले अब देश राजाले बाहेक कसैले चलाउन नसक्ने बताएका हुन् । हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ, नारायणहिटी खाली गर, राजतन्त्र जिन्दाबाद, गणतन्त्रण मुर्दाबाद, हिन्दुराज्य कायम गर जस्ता नारा लगाउदै वीर गोर्खाली सडकमा उत्रिएका हुन्।

वीर गोर्खाली सुर्खेतका संयोजक सौगातविक्रम सिंहले संघीयताले देश धुजाधुजा भएको बताउँदै अब राजतन्त्रको विकल्प नरहेको बताए । राजतन्त्रको पक्षमा समर्थन जनाउँदै वीर गोर्खाली पक्षधरले सरकारको विरोध जनाएका छौँ । उनले भने,‘वर्तमान सरकारले जन भावना र अपेक्षा अनुसार काम गर्न सकेन् । अब नेपाली जनताले सरकार फालेर राजा ल्याउनु पर्ने अवस्था आइपुग्यो । ’

हाल सयौं राजाहरुले देश लुटेर खाएका छन् । न उनीहरुलाई देशको माया छ । नत जनताको । केवल आफ्नो व्यक्तिगत सम्पति आर्जन गर्ने एक राम्रो माध्यम संघीयता बनेको छ । उनले थपे,‘त्यसैले देश विकासका लागि एउटै राजा बनाउन आवश्यक छ ।’

वीर गोर्खाली समर्थकले पहिले राजा तथा वर्तमान सरकारका मन्त्रीहरु बस्ने नारायणहिटी दरबार खाली गरी राजा ल्याउन दबाव दिएका हुन् । उनीहरुले भने,‘हाम्रो लागि टाकुरे सैयौँ राजा आवश्यक छैन् । एउटै राजा विधि विधान मान्ने राजा चाहिन्छ । त्यसका लागि एक पटक जनता फेरी आधिँबेहारी बन्ने बेला आइपुगेको छ