अमेरिकी अधिकारीले औँल्याए चीन वा रुससँग आणविक युद्ध हुने सम्भावना

एजेन्सी – अमेरिकी स्ट्रयाटिजिक कमाण्डका प्रमुखलेचीन वा रुससँग आणविक युद्ध हुने यर्थाथपरक सम्भावना रहेको चेतावनी दिएका छन् । अमेरिकासँग दुई प्रतिद्वन्द्वीहरुले अस्थिर व्यवहार गरिरहेको उनको दाबी छ ।
‘रुस वा चीनसँग चाडैं क्षेत्रीय संकट सुरु हुने र आणविक हतियारसहितको द्वन्द्व निम्तने यर्थाथपरक सम्भावना छ । पारम्पारिक क्षतिले आफ्नो सत्ता वा राज्यलाई खतरा छ भन्ने उनीहरुको दृष्टिकोण छ भने यस्तो हुनसक्छ,’ स्टार्टकमका प्रमुख तथा भाइरस भाइस एडमिरल चाल्र्स रिचर्डले अमेरिकी नाभाल इन्स्टिच्युटको मासिक पत्रिकाको फेब्रुअरी संस्करणमा लेखेका छन् ।

शितयुद्धयताकै सबैभन्दा आक्रामक रबैया अहिले यी दुुई देशहरुले देखाएको उनको आरोप छ । अमेरिकाको आणविक आर्सनल हेर्ने निकाय स्टार्ट कमले आणविक युद्ध हुने सम्भाव्यता भने निकै कम रहेको जनाएको छ । रुस र चीनले आफ्नो क्षमता र विश्वव्यापी उपस्थित बढाउँदै लगेको लेखमा उल्लेख छ ।

पछिल्ला अमेरिकी सेना दुई दशकयता आतंकवादविरोधी कार्यमा केन्द्रीत रहेको उनले बताएका छन् । त्यस्तै, पछिल्लो अवस्थालाई चीन र रुसले अन्तर्राष्ट्रिय मान्यता र विश्व शान्तिमाथि आक्रामक चुनौती पेश गर्नका लागि प्रयोग गरिरहेको उनको आरोप छ । उनले साइबर आक्रमण र अन्तरिक्षमा देखिएको जोखिमको समेत उदाहरण दिएका छन् । आफ्नो एजेन्डा फैलाउनका लागि प्रतिद्वन्द्वी शक्तिहरुले कोभिड १९ महामारीको समेत फाइदा लिइरहेको उनको आरोप छ ।

‘उनीहरुको आक्रामकतालाई नियन्त्रणमा राख्न हामीले सक्रिय रुपमा प्रतिस्पर्धा गर्नैपर्छ,’ उनले लेखेका छन् । यस्तो गर्न नसक्दा रुस र चीनको प्रभाव थप बढ्ने र अमेरिकाका सहयोगीहरुलाई अमेरिकाले नेतृत्व गर्न सकेन वा चाहने भन्ने लाग्नसक्ने उनको दाबी छ ।