सुर्खेत – शैक्षिक क्षेत्रमा कर्णाली प्रदेशको ईतिहास र परिचयको रुपमा स्थापित भैसकेको सुर्खेत होराईजन एकेडेमीले विद्यार्थीलाई निशुल्क जुकाको औषधि खुवाएको छ । शुक्रबार होराईजन एकेडेमीले विद्यालय हाताभित्रै सबै विद्यार्थीलाई जुकाको औषधि खुवाएको हो ।
जुकाको औषधि प्ले ग्रुपदेखि कक्षा १२ सम्मका सबै विद्यार्थीलाई खुवाईएको सुर्खेत होराइजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्काले बताए । गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यार्थी पनि स्वस्थ रहन आवश्यक रहेकाले विद्यालय सुधार योजना अन्तर्गत हरेक दुई महिनाको अवधिमा विद्यार्थीलाई निशुल्क जुकाको औषधि खुवाउने गरिएको उनको भनाइ छ ।
आठ सय ३० जना विद्यार्थी संख्या रहेको होराईजनले हरेक महिना विद्यार्थीको स्वास्थ्य चेकजाँच गर्ने गरेको छ । साथै स्कुलमा नर्स नियुक्ती गरेर हरेक महिना स्वास्थ्य चेकजाँच, स्वास्थ्य सम्बन्धि अन्र्तक्रिया र किशोरावस्थाका बालबालिकालाई विशेष काउन्सीलिगं गदशे आएको उनको भनाई छ ।