२४ घण्टामा थपिए १०५ संक्रमित, दुईको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १०५ जना संक्रमित थपिएका छन् । २ हजार ७९९ जनाको पीसीआर परीक्षण गर्दा ४८ महिला र ५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । आज थपिएका संक्रमितमध्ये ५८ जना काठमाडौँ उपत्यकाका रहेका छन् । जसमा ३३ महिला र २५ पुरुष रहेका छन् । नेपालमा पीसीआर परीक्षणमध्ये संक्रमण दर १३ प्रतिशत रहेको छ ।

यही अवधिमा थप २७२ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ६७ हजार ५६४ रहेको छ । नेपालमा निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २ जनाले ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९बाट हालसम्म २ हजार ३५ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा पोजेटिभ भएकामध्ये मृत्यु दर ०.८ प्रतिशत रहेको छ ।

हाल काठमाडौँ जिल्लामा मात्र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ७ सय ४३ रहेको छ भने आईसीयूमा ६४ र १३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।