सुरज र सरोजको लघु चलचित्र ‘बिहानीमै अस्ताएको सूर्य’ यूट्युबमा

काठमाडैं – लघु चलचित्र ‘बिहानीमै अस्ताएको सूर्य’ यूट्युबमार्फत सार्वजनिक गरिएको छ ।

सरोज खनालको निर्देशनमा बनेको चलचित्रमा रङ्गकर्मी सुनिल पोखरेलको अभिनय रहेको छ ।

कवि सुरज काफ्लेद्वारा रचना गरिएको कविता ‘बिहानीमै अस्ताएको सूर्य’ मा आधारित भएर लघु चलचित्र निर्माण गरिएको हो । भने कवि काफ्ले नै सो चलचित्रका निर्माता समेत हुन् ।

लघु चलचित्र करिव १० मिनेट लामो छ । यो लघु चलचित्र जून भिजन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट अपलोड गरिएको हो ।

अभिनेता सरोज खनाल अभिनेताको रुपमा स्थापित भए पनि निर्देशकका रूपमा भने यो उनको दोस्रो प्रयास हो ।

अनिल श्रेष्ठ र धन खालिङ राईले छायांकन गरेको लघु चलचित्रमा ड्रोन निश्चल राजवंशी सम्पादन नविन निरौला भिडियो टेक राई र शृङ्गार गीता उप्रेतीको रहेको छ ।

सिन लिम्बू र गुरु भाइ फकिरको संगीत रहेको यो लघु चलचित्रका लागि प्रोडक्सन अभिमन्यु देवकोटाले गरेका हुन् ।