जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको; बन्दकर्तालाई प्रधानमन्त्री ओलीको प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन्।

नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्योरु” भनी प्रश्न गरेका हुन् । उनले जनताले बन्द नभई निर्वाचन चाहेको बताए।

“बन्द भनेपछि हिँडडुल गर्न पाइएन। केही किन्न जान पाइएन। पढ्न जान पाइएन। जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्”, उनले भने।

उनले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाए।(थाहाखबर)