बेलायतमा आइतबार साँझसम्म थप ५८७ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सि – बेलायतमा आइतबार साँझ सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घण्टाभित्र थप ५८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ अघिल्लो दिन शनिबार मृतक संख्या एक हजार दुई सय रहेको थियो ।

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण एकसातामा ८ हजार भन्दा बढीको मृत्यु भएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी अनुसार जनवरी २५ देखि जनवरी ३१ सम्ममा ८हजार २१९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख छ हजार १५८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा २१ हजार ८८ जना नयां संक्रमित थपिएका छन् ।

नयाँ थपिएसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख १७ हजार १७६ पुगेको छ । गएको एकसातामा मात्र एक लाख ६९ हजार ७१४ जना संक्रमित थपिएका हुन् ।

केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ ।

हाल यहाँका अस्पतालमा ३४ हजार ७८३ संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ८३२ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् । जुन जनवरी २८ सम्मको तथ्यांकमा आधारित छ । यसैगरी २९ जनवरीसम्म तीन हजार ८३२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले उल्लेख गरेको छ ।