फ्रान्समा पुनः देशव्यापी लकडाउन, यात्रामा प्रतिबन्ध

एजेन्सी – फ्रान्सले कोभिड–१९ को नयाँ लकडाउन आइतबारदेखि देशभरी लागू गरिदिएको छ ।लकडाउनपश्चात् युरोपेली संघबाहिर यात्रामाथि प्रतिबन्ध लागू गरिएको छ जबकी युरोपेली संघभित्रबाट यात्रीका लागि परीक्षणको नियम कडा पारिएको छ ।

फ्रान्सका प्रधानमन्त्री जेन केस्टेक्सले फ्रान्समा रातीको कर्फ्यूलाई थप कडाईका साथ लागू गरिन् र ठूलो परिमाणमा सपिङ सेन्टर बन्द रहने जानकारी दिए ।

नयाँ सीमा प्रतिबन्धले बेलायतलाई प्रभावित गर्नेछ जुन अब युरोपेली संघको हिस्सा होइन । यद्यपि, फ्रान्सेली यातायात मन्त्रीले बेलायतबाट हुने आयात–निर्यातमा यसले कुनै असर नपार्ने स्पष्ट पारेका छन् ।