काठमाडौँ उपत्यकामा १४५ सहित थप २८३ जनामा कोरोना पुष्टि

काठमाडौँ – थप २ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो। बुधबार काठमाडौँ उपत्यकामा १ सय ४५ जनामा संक्रमित थपिएका छन्।

हालसम्म २ लाख ७० हजार ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ४३ जनामा संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ जना पुगेको छ ।

थप ३ जनाको मृत्यु

मन्त्रालयले थप ३ जना संक्रमितको मृत्यु भएको जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।