कोरोना सङ्कटलाई सम्हाल्न नसकेको कारण इटालीका प्रधानमन्त्री कोन्टेले दिए राजिनामा

कोरोना महामारीबाट बिग्रँदै गइरहेको परिस्थितिलाई सम्हाल्न नसकेको आलोचनको सामाना गर्दै आएका इटालीका प्रधानमन्त्री ज्युसेप्पे कोन्टेले राजीनामा दिएका छन्। उनले मंगलबार बिहान राष्ट्रपतिलाई भेटेर राजीनामा पेश गरेका हुन्।

इटालीका राष्ट्रपतिले उनलाई कार्यवाहक प्रधानमन्त्री बनाएका छन्। यसै विषयलाई लिएर बुधबार सबै दलसहितको बैठक बोलाइएको छ। इटलीमा कोरोना संकटको समय भएको खर्चलाई लिएर दलभित्रै मतभेद उत्पन्न भएको थियो। त्यहाँ अहिलेसम्म ८५ हजारभन्दा बढी संक्रमितको मृत्यु भैसकेको छ। –एजेन्सी