आज कर्णालीमा १२ वटा केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइने

सुर्खेत – कोरोना भाईसर विरुद्धको खोपका लागि कर्णालीमा १२ वटा खोप केन्द्र तोकिएको छ । प्रदेशभरका १२ वटा अस्पतालबाट आज बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिने छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा आजदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको हो । त्यसका लागि सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा खोप पु¥याईसकिएको छ ।

 

खोप हवाई तथा स्थल मार्गबाट पु¥याईएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेशले जनाएको छ । हिमाली जिल्ला डोल्पा र हुम्लामा भने बुधबार बिहान सम्ममा मात्र खोप पुग्ने निर्देशनालयले जनाएको छ । कर्णालीका लागि काठमाडौंबाट सोमबार नै सुर्खेतमा खोप आइसकेको छ । मेडिकल स्टोर नेपालगञ्जमा राखिएको खोप जुम्ला र मुगुमा विमानमार्फत र कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा स्थलमार्गबाट पठाइसकिएको स्वास्थ्य शिक्षा टेक्निसियन बसन्तमान श्रेष्ठले जानकारी दिए ।

८ वटा जिल्ला अस्पताल, दुईवटा सामुदायिक अस्पताल, एउटा शिक्षण अस्पताल र एउटा प्रदेश अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।
जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत, मेहलकुना सामुदायिक अस्पताल सुर्खेत र चौरजहारी सामूदायिक अस्पताल रुकुम पश्चिमबाट कोरोनाविरुद्धको खोप लगाइने छ ।

त्यस्तै मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सल्यान र दैलेख जिल्ला अस्पतालहरुबाट कोरोनाविरुद्धको खोप लगाइने छ । कोरोना भाईरस खोप तीन चरणमा लगाइने छ । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका महिला स्वाथ्य स्वयमसेविका, स्वाथ्यकर्मीहरु लाई लगाइने श्रेष्ठले जानकारी दिए ।