सिमकोट – हुम्लामा नेपाल प्रहरीले ठुलो परिणामको चिनीया मदिरा (झिनीगिन्टी) बरामद गरेर नष्ट गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरी चौकीले राती तीन बजेको समयमा गाउँभित्रदै गरेको एक सय दश कार्टुन मदिरा बरामद गरेको हो ।
व्यापारीक परियोजनका लागि गाउँ ल्याइएको अवैध ठूलो परिणामको चिनाया मदिरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । एक कार्टुनमा १२ बोतल झिनिगिन्टी हुनेभएकाले एक सय दश कार्टुनमा एक हजार तीय बोतल राती बरामद गरेर सोमबार विहान जनप्रतिनिधि, आफु सहित अन्य प्रहरी लगायतको रोबहरमा नष्ट गरीएको सुवेदीले बताए ।
उनका अनुसार हुम्लामा प्रतिबोतल आठ सयमा विक्री हुने एक हजार तीन सय बोतल यो मदिराको जम्मा मुल्य दश लाख चालीस हजार बराबर हुनआउँछ । झिनिगिन्टी नामक उक्त मदिरा केही समय पहिला हुम्ला ल्याइएर लुकाइएको थियो । ‘यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल र चीनको सिमानाका बन्द भएपनि लुकिछिपी गाउँघरमा चिनीय मदिरा पाइने गरेको छ ।