काठमाडौँ – देशभर गरेर थप १० जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ जना पुगेको छ । यस्तै, सोमबार भेन्टिलेटरमा १९ जना र आइसीयुमा १ सय ३७ जना संक्रमितको उपचाररत छन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा २ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ । यता, आइसीयुमा गण्डकी प्रदेशमा ६७ जना, बागमती प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा १ जना, सुदूरपश्चिम प्रदेशमा १ जना र प्रदेश १ मा २ जना संक्रमित उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा सँस्थागत आइसोलेशनमा रहने संक्रमितको संख्या ७ सय ३६ रहेको छ ।