प्रविन र रंगिलाको नयाँ गीत ‘थोरै खुशी’ म्युजिक भिडियो सहित सार्वजनिक

काठमाडाैं – गायक प्रविन वेडवाल र गायिका रंगिला बटालाको स्वरमा रहेको गीत ‘थोरै खुशी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
जीवन दर्शनको समेटिएको गीतमा शब्द गोपाल लोहार र संगीत संयोजन विशम आचार्यको रहेको छ ।

भिडियोमा जीवन भोगाईको यथार्थ प्रस्तुत गरिएछ । जसमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको अभिनय देख्न सकिन्छ ।
श्याम तामाङको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाले मिलेर निर्देशन गरेका हुन् ।