नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहल–नेपाल पक्षले सुर्खेतको बीरेन्द्रनगरमा विशाल विरोध प्रदर्शन गरेको छ।
विरोध सभामा सहभागीहुन गाँउगाँउदेखी नेता कार्यकर्ताहरु बीरेन्द्रनगरमा बाजा,गाजाका साथ कार्यक्रममा सहभागी भएका थिए।
सभालाइ सम्बोधन गर्दै दाहल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपीशर्मा ओलीलाई पाटीको साधारण सदस्य बाट समेत हटाउने घोषणा गरेका छन् ।
अध्यक्ष नेपालले पाटी अध्यक्ष समेत रहेकाओलीले पाटी र जनताको हित विपरित काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने अन्तिम तयारी भइरहेको बताए ।
पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले ओलीले संविधान विरोधी, अलोकतान्त्रिक कदमहरु चालेका कारण बाध्य भएर सडकमा उत्रिनु परेको उल्लेख गरे।
अध्यक्ष नेपालले ओलीलार्इ केपी ओली कहिले पनि गणतन्त्रको पक्षमा नरहेको भन्दै ओलीका कारण गणतन्त्र धरापमा परेको जिकिर गसमेत गरे ।
सम्बोधनको अधिकाश समय ओलीको आलोचमा खर्चिएका नेता नेपालले संविधानको अधिकार क्षेत्र बाहिर गएर संसद विघटन गरेको भन्दै त्यसको सजाए ओलीले पाउने बताए।
अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सुर्य चिन्ह आफ्नो भएको दाबी गर्दै संसद पुनःस्थापना गरेरै छाड्ने घोषणा समेत गरे ।
यस्तै विरोध सभामा नेकपा स्थायी कमिटिका सदस्य जनार्दन शर्मालेले अहिले आफुहरु पार्टी र पदको मात्र लडाइँ नभर्इ जनतालाई अधिकार दिने र नदिने विषयको लडार्इ भएको बताए।
कर्णाली र्इन्चार्ज समेत रहेका नेता शर्माले प्रधानमन्त्रीले कर्णालीलाई सधै अपहेलित गर्ने गरेको भन्दै अहिले पनि आफू निकट समूहको प्रदेश इन्चार्जको जिम्मेवारी पनि कर्णालीका नेतालाई विश्वास नगरि बाहिरकालाई इन्चार्ज तोकेको बताए ।
यस्तै अर्का नेता शक्तीबहादुर बस्नेतले प्रधानमन्त्री ओलीका कारण देश जटिल परिस्थितिमा पुगेको आरोप लगाए।
विरोधसभामा बोल्ने अधिकाशं नेताहरुले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक र संविधानमाथि ‘कू गरेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विध्यादेवी भन्डारीले संसद विघटन गरेपछि नेकपा दुर्इ समुहमा विभाजन भएको छ।
संसद विघटन विरुद्ध काँग्रेस सहितका अन्यदलहरुले पनि आन्दोलन गर्दै आएका छन।