कर्णालीका थप ९ जनामा कोरोना, कुल संक्रमितको संख्या १२ सय ३३ पुग्यो

सुर्खेत -पछिल्लो २४ घण्टामा कर्णालीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना देखिएको हो । जसमा ६ जना सुर्खेतका रहेका छन् भने २ जना दैलेखका र १ जना जाजरकोटमा रहेका छन् ।

यो संगै कर्णालीमा संक्रमित हुनेको कुल संख्या १२ सय ३३ पुगेको छ । मन्त्रालयका अनुसार हाल सम्म कुल संक्रमित मध्ये ५ सय ८ जना संक्रमित उपचार पछि घर फर्कीएका छन् । शुक्रबार पनि मेहेलकुना अस्पताल सुर्खेतबाट १ जना, कालिकोट अस्पतालबाट २ जना गरी ३ जना उपचार पछि डिस्चार्ज भएका छन् ।