नेपाली कांग्रेसले आज प्रतिनिधिसभा विघटनकोविरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने

काठमाडौं – नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनकोविरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने भएको छ।

 यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो।

सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन  लाइ  अपिल गरेका छन्।