एजेन्सी – ७८ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपति पदको सपथ लिएका छन् । संसद् भवन क्यापिटोल हिल मा उनले पदको सपथ लिएका हुन् ।
सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए ।
यस्तै कमला ह्यारिसले पनि उपराष्ट्रपति मा सपथ पनि लिएकि छन ।
समारोहमा बाइडेनभन्दा अघि सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत अमेरिकाकी उपराष्ट्रपति ह्यारिसले पदको सपथ लिएकि हुन ।
जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।