विश्वस्तरमा कोरोना संक्रमण पुष्टि हुने संख्या ९ करोड ५५ हजार भन्दा बढी देखिएको छ। जोन्स हप्किन्स युनिभर्सिटीकोका अनुसार मंगलबारसम्ममा संक्रमणबाट मृत्यु हुने संख्या २० लाख ३ हजारभन्दा बढी पुगेको छ।
सीएसएसईका अनुसार अमेरिकामा सबैभन्दा बढी कोरोना प्रभावित छन्। जहाँ २ करोड ४० लाख ७३ हजारभन्दा बढी कोरोना संक्रमित छन् र मृत्यु हुनेको संख्या मात्रै ३ लाख ९८ हजार ९ सय ७७ पुगेको छ। त्यस्तै, दोश्रो स्थानमा रहेको देश भारतमा हाल १ करोड ५ लाख ७१ हजारभन्दा बढी संक्रमणको केस पुष्टि भैसकेको छ।
भने मृत्यु हुने संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय १९ रहेको छ। कोरोना संक्रमण विश्वस्तरमा फालिएसँगै केहि देशहरुमा संक्रमणलाई नियन्त्रण गर्न कोरोना भ्याक्सिन अभियान पनि चलिरहेको छ। -एजेन्सी