सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित पर्यटकिय स्थल बुलबुले तालबाट उद्धार गरिएको घाईते जरायोको मृत्यु भएको छ । अचेत अवस्थामा बुलबुले तालमा फसेको घाईते जरायोलाई आइतबार बिहान उद्धार गरी उपचार थालिएको थियो ।
उक्त जरोयोको आज दिउसो मृत्यु भएको हो । सहायक वन अधिकृत टेक रावलका अनुसार घाईते जरायो उपचारपछि निको नभएपछि संरक्षित क्षेत्र काक्रेविहार जंगलमा छोड्ने तयारी थियो । सोही क्रममा जंगल छोड्न जादाँ जंगलको विटमै मृत्यु भएको हो । उक्त जरायोलाई जंगल छेउमा खाल्डो खनेर गाडिएको छ ।