प्रदेश १ का मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्ने निर्णय गरे

काठमाडौं-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड(नेपाल समूहका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन्।

प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका हुन्।

‘घोषणा गरिसकेका छैनौं’, गजमेरले भनिन, ‘तर, हामी त्यो निर्णयमा पुगेका छौं।’

नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेकामध्ये अब उक्त समूहमा ३२ सांसद बाँकी छन्।(सेतोपाटि)