परराष्ट्रमन्त्री ज्ञवाली आज स्वदेश फर्किँदै


काठमाडौं – नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत गएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज स्वदेश फर्किँदै छन्। उनी दिउँसो ४ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ।

बिहीबार भारत गएका मन्त्री ज्ञवाली आयोगको बैठकमा सहभागी हुनुका साथै विभिन्न उच्चस्तरिय भेटघाट गरी फर्कन लागेका हुन्। आयोगको बैठकमा नेपालले सीमा विवाद तत्काल समाधानका लागि प्रस्ताव गरे पनि भारतले त्यसका लागि छुट्टै संयन्त्र बनाउनुपर्ने भन्दै पन्छाएको छ।

तर, मन्त्री ज्ञवालीले भने बैठकमा सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताएका छन्। तर, नेपाल भारत–संयुक्त आयोगको बैठकपछि भारतले जारी गरेको विज्ञप्तिमा सीमा विवादको विषयमा छलफल भएको उल्लेख गरिएको छैन।