सुर्खेतका एक युवकले बिलेटले आफ्नै घाटी रेटे

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका सुर्खेतका एक युवाले बिलेटले आफ्नै घाटी रेटी गम्भिर घाईते भएका छन् ।

प्रहरीका अनुसार बिहीबार  दिउसो १२ः४० बजे वीरेन्द्रनगर २ बस्ने बर्ष १९ को नबिन बिकले बिलेटले आफ्नै घाटीको अगाडीको भाग रेटी गम्भिर घाईते भएका हुन् । हाल उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । अहिले उनकाे अवस्था भने गम्भिर भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।