सुर्खेत – नेपालमै पहिलो पटक सडक मानवमुक्त प्रदेश घोषणा भएको कर्णालीमा हालसम्म १८९ जनालाई उद्दार गरिएको छ।
मानव सेवाआश्रम सुर्खेतले उद्दार गरिएका मध्ये ७५ जनालाई परिवारसँग पुर्नमिलन गराइएको जनाएको छ।
अहिले सम्म ७५ जनालाई पुनर्मिलन गरार्इएको छ भने ६६ जना अहिले पनि आश्रममा रहेका छन।
यसैबीच मेचीमहाकाली उद्दार अभियान भोली सुर्खेत आइपुग्ने भएको छ।
पुस ७ गतेबाट सुरु भएको मेचीमहाकाली उद्दार यात्रा भोली सुर्खेत आइपुग्ने मानव सेवा आश्रमले जनाएको छ।
मानव सेवा आश्रम सुर्खेतका संयोजक सिर्जना ओलीका अनुसार चार दिनसम्म कर्णाली प्रदेशमा विभिन्न कार्यक्रम गरिने छ।
कर्णाली प्रदेशमा भेरीगंगा नगरपालिकाको बबइबाट उद्दार यात्रा सुरु हुने छ।
अभियान अन्तरगत पहिलो दिन कर्णालीका सडकको अवस्थाको अवलोकन, दोस्रो दिन आमा सेमिनार,तेस्रो दिन संगठानिक अन्तरक्रिया र चौथो दिन प्रिजीभोज लगायका कार्यक्रमहरु हुने छ।
ताजा खबर